शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

घरजग्गा कारोबारमा कठोर बन्दै सरकार, १ करोडभन्दा बढीको कारोबार सम्पत्ति शुद्धीकरणको 'राडारमा'

शनिबार, जेठ २८ २०७९
घरजग्गा कारोबारमा कठोर बन्दै सरकार, १ करोडभन्दा बढीको कारोबार सम्पत्ति शुद्धीकरणको 'राडारमा'

विभागले  निर्देशन जारी गर्दै एक करोड वा सोभन्दा बढीको घर जग्गा किनबेच गर्नेको विवरण विभागले तोकेको ढाँचामा सम्बन्धित मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको हो।

काठमाडौं-भूमि व्यवस्थापन तथा अभिलेख विभागलेले एक करोड भन्दाबढी मूल्यको घरजग्गा कारोबार गर्नेहरुको विवरण मागेको छ। विभागले गत जेठ २४ गते घरजग्गा व्यवसायी लगायत सम्बिन्धित सरोकारवाला निकायमा निर्देशन दिँदै एक करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्नेहरुको तीन पुस्ते विवरण बुझाउन निर्देशन दिएको छ। विभागलाई राष्ट बैंकले ताकेता गरेपछि विभागले विवरण माग गरेकाे छ।

विभागले  निर्देशन जारी गर्दै एक करोड वा सोभन्दा बढीको घर जग्गा किनबेच गर्नेको विवरण विभागले तोकेको ढाँचामा सम्बन्धित मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको हो।

विभागले संकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईमा तोकिएको ढाँचा, माध्यम र समयमा बुझाउन पनि निर्देशन दिएको छ। कालोधनलाई सेतो बनाउन घरजग्गा क्षेत्र प्रयोग भइरहेको भनी चर्चा चलिरहेका बेला विभागले किनबेचको विवरण मागेको हो।

नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदनले घरजग्गा क्षेत्रलाई उच्च रूपमा सम्पत्ति शुद्धीकरण हुन सक्ने क्षेत्र औंल्याएको छ। यस सम्बन्धी नेपालको अन्तर्राष्ट्रिय पारस्परिक मूल्याङ्कन पनि भइरहेको सन्दर्भमा घरजग्गा कारोबारीलाई कारोबारको विवरण नियमित रूपमा बुझाउन विभागले निर्देशन जारी गरेको हो।

विभागका अधिकारीहरूले जोखिमका आधारमा घरजग्गा कारोबारीमाथि निरीक्षण, सुपरिवेक्षण र अनुगमन गर्ने पनि जनाएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम काम नगर्ने व्यवसायीलाई कानून बमोजिम कारबाही अघि बढाउने पनि विभागले जनाएको छ।

ghar 111.PNG


प्रकाशित : शनिबार, जेठ २८ २०७९१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend