शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नाडाको साधारण सभा तथा निर्वाचन मंसिरमा हुने 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ९ २०७८
नाडाको साधारण सभा तथा निर्वाचन मंसिरमा हुने 

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ।

काठमाडौं- नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको छ। नाडा कार्यसमितिको असोज ८ गतेको बैठकले उक्त निर्णय गरेको हो। 

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ।

सो बैठकमा अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई व्यापक बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क हस्तान्तरण गरेका थिए। 

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन्। नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो। 

यसअघि नाडाले भदौ अन्तिम साता साधारण सभाको प्रस्ताव गरेको थियो। तर जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि साधारण सभा सरेको हो।


प्रकाशित : शनिबार, असोज ९ २०७८०७:०३
  • सम्बन्धित विषय:

  • # नाडा
  • # नाडाकाे साधारण सभा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend