बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लुकाइ ल्याएको सुनसहित कतारबाट आएका एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
लुकाइ ल्याएको सुनसहित कतारबाट आएका एकजना पक्राउ

काठमाडौं- कतारबाट नेपाल आएका एकजना अवैध रुपमा लुकाइ ल्याएको सुनसहित पक्राउ परेका छन्। 

बिहीबार बिहान पौने १० बजे कतार एयरवेजबाट कतार हुँदै नेपाल आएका धनुषाका एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु चेकजाँच क्षेत्रमा शंकास्पद रुपमा पाइ जाँच गरेको भन्सार कार्यालयले जनाएको छ। 

जाँचको क्रममा उनले लगाइराखेको भित्री बस्त्रमा फल्स पकेट बनाइ विष्कुट आकारको सुन जम्मा ४६६.५ ग्राम रहेको ४ टुक्रा र सिक्री आकारको ५१६.५ ग्रामको सुन एउटासहित पक्राउ गरेको हो। 

भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइरहेको भन्सार कार्यालयले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend