शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

किंग्स् कलेजका विद्यार्थीद्वारा शिल्पीमा नाटक मञ्चन 

बुधबार, जेठ २५ २०७९
किंग्स् कलेजका विद्यार्थीद्वारा शिल्पीमा नाटक मञ्चन 

काठमाडौं- उघमशिलता तथा व्यापार शिक्षा दिँदै आएको किंग्स् कलेजले विद्यार्थीहरु मार्फत सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेको छ। 

यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले बताएको छ। 

कलेजका विद्यार्थीहरुद्धारा मञ्चीत यस नाटकले आलंकारीकरुपमा भूत, बर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन-तीनवटै चरणलाई प्रतिनीधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ। हाल नेपालमा महिलाको अवस्था र सोमा परिबर्तन ल्याउन उनीहरुको अपेक्षित प्रतिनीधित्वलाई नाटकले खास जोड दिएको छ।

ब्यवसायिक नाट्य कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत ब्यापार एवं उद्यमशिलताको शिक्षामा श्रृजनशितला, साहित्य तथा नविनताका अवयवहरुलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परिक्षण गर्नको लागि यस अवधारणालाई अगाडि सारिएको नाटक संयोजक दीक्षित भट्ट बताउँछन्।

त्यसो त कलेजले यसै वर्षदेखि संचालनमा ल्याएको बिबिए इन अप्लाईड आर्टस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ। 

कलेजका प्राद्यानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानवीय-मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीहरुलाई व्यापार व्यवसायमा कला, साहित्य, श्रृजनशिलता तथा नविनताकाका साथसाथै मानविय भावनालाई संलग्न गराइ ब्यवसायिक जिवन सफल बनाउन सिकाउने उदेश्य राखी बिबिए इन अप्लाईड आर्ट एण्ड डिजाइन कार्यक्रम संचालनमा ल्याइएको बताए। 


प्रकाशित : बुधबार, जेठ २५ २०७९०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend