बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यापार तथा निकासी केन्द्रको कार्यकारी निर्देशकमा पुन: राणा नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २४ २०७९
व्यापार तथा निकासी केन्द्रको कार्यकारी निर्देशकमा पुन: राणा नियुक्त

काठमाडौं-सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा पुनः सरदविक्रम राणा नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राणालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। राणा यसअघि पनि टीईपीसीमा कार्यकारी निर्देशक थिए। तर, केही महिनापहिले कार्यकाल पूरा गरे पनि केन्द्रमा नयाँ नियुक्ति हुन सकेको थिएन। 

राणासहित ईश्वरीप्रसाद घिमिरे र रमेश कडरिया कार्यकारी निर्देशकका लागि अन्तिम तीनमा छनोट भए पनि मन्त्रिपरिषदले राणालाई नियुक्त गरेको हो।

 


प्रकाशित : मंगलबार, जेठ २४ २०७९१२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend