शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सेवाग्राहीको चाप धान्न नसक्दा कास्कीमा नयाँ तथा सरुवा दर्ता भइ आउने सवारीमा मात्र इम्बोस्ड नम्बर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २४ २०७९
सेवाग्राहीको चाप धान्न नसक्दा कास्कीमा नयाँ तथा सरुवा दर्ता भइ आउने सवारीमा मात्र इम्बोस्ड नम्बर

काठमाडौं- यातायात व्यवस्था कार्यालय कास्कीले नयाँ तथा सरुवा दर्ता भइ आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जनाएको छ। 

इम्बोस्ड नम्बर प्लेट जडान गर्न आउने सेवाग्राहीको चाप अत्याधिक भएको, यातायात व्यवस्था विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अन्य उपकरण साथै जनशक्तिअनुसार दिनमा ४० देखि ५० जनालाई मात्र सेवा दिनसक्ने स्थिति रहेको तथा पार्किङमा समेत समस्या भएकोले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ तथा सरुवा दर्ता भइ आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्दै यातायात व्यवस्था कार्यालय कास्कीले सूचना जारी गरेको हो। 

बागमती र गण्डकी प्रदेशका दर्ता भएका सवारी साधनले तोकिएका यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने र जडान नगर्नेलाई साउन १ गतेबाट अनुगमन गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने सूचना आएसँगै कार्यालयमा इम्बोस्डका लागि सेवाग्राहीको भिड लागिरहेको हो। 

kaski imbosed.jpg


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend