बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काेराेनाले राेकियाे तीन देशसँगको हवाई सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ९ २०७८
काेराेनाले राेकियाे तीन देशसँगको हवाई सम्झौता

काठमाडौं कोरोनाका कारण तीन देशसँगको हवाई सम्झौता रोकिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले २ वर्ष अगाडिनै हवाई सम्झौताका लागि थालेको प्रक्रिया रोकिएको छ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार इन्डोनेसिया र रुससँगको हवाई सम्झौता रोकिएको हो। यसैगरी दक्षिण कोरियासँगको हवाई सम्झौता पुनरावलोनको विषय पनि रोकिएको छ।

कोरोना अगाडि नै मन्त्रालयले हवाई सम्झौताका लागि दुतावास मार्फत पत्रचार गरेको थियो। तर, कुनै पनि देशबाट जवाफ नआएको उनको भनाइ छ। नेपालले हालसम्म ४० देशसंग हवाई सम्झौता गरिसकेको छ। 

हालसम्म अस्ट्रिया, बहराइन, बंगलादेश, भुटान, ब्रुनाई, चीन, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङकङ, भारत, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाऊ, मलेसिया, माल्दिभ्स, म्यानमार, ओमन, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, नेदरल्यान्ड, युएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड, कम्बोडिया र अष्ट्रेलियासंग हवाई सम्झौता भइसकेको छ। 

नेपालले भने भारत, कतार, युएई, थाइल्यान्ड, हङकङ, मलेसिया, साउदी अरब र जापानमा उडान गर्दै आएको छ। त्यस्तै नेपालमा  हवाई सेवाको द्विपक्षीय सम्झौता ४० वटा देशसँग भए पनि न ती सबै देशमा नेपालले उडान गर्छ, न नेपालमा ती सबै देशले उडान गर्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालमा अहिले विभिन्न १४ देशले उडान गर्दै आएका छन्। उडानको लागि १४ देशका ३० एयरलाइन्स कम्पनीले अनुमति लिए पनि २८ वटामात्रै एयरलाइन्स कम्पनीका विमानले उडान गर्छन्।

अनुमति लिएका बंगलादेशका युएस बंगला र रेजेन एअरले भने उडान अनुमति लिए पनि पछिल्लो समय उडान गरेका छैनन्।
भारत, चीन, मलेसिया, कतार, कोरिया, ओमन, बंगलादेश,  थाइल्यान्ड, साउदी अरेबिया, टर्की, सिंगापुर लगायत देशले नेपाल उडान गर्दै आएका छन्।


प्रकाशित : शनिबार, असोज ९ २०७८०२:३०
  • सम्बन्धित विषय:

  • # निगम
  • # नागरिक उड्डयन प्राधिकरण
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend