बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९८ करोडको लगानीमा एलपीजी ग्यास सिलिन्डर उत्पादन उद्योग खुल्दै

मंगलबार, जेठ २४ २०७९
९८ करोडको लगानीमा एलपीजी ग्यास सिलिन्डर उत्पादन उद्योग खुल्दै

काठमाडौं- बाराको सिमरामा एलपीजी ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योग खुल्ने भएको छ। ग्यास सिलिण्डर उत्पादनका लागि उद्योग दर्ता समेत भइसकेको छ। ९८ करोड रुपैयाँको लगानीका उद्योग स्थापन गर्ने गरी ब्राइट मेटल इण्डष्ट्रि प्रालि दर्ता भएको छ।

वार्षिक १ लाख ३५ हजार वटा एलपीजी ग्यास सिलिण्डर उत्पादन गर्ने गरी उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ। जसमा एलपीजी सिलिण्डर ४५ हजार बेच्ने विषय पनि दर्ता विवरणमा उल्लेख छ।

यसैगरी उद्योले एलपीजी सेफ्टी क्याप ४ लाख ६४ हजार मेट्रिक टन, विभिन्न प्रकारका ब्यालक पाइप ५४ हजार मेट्रिक टन, जिआई पाइप ६ हजार मेट्रिक टन र फ्याबरिकेट स्टिल स्ट्रक्चर वार्षिक १२ हजार मेट्रिक टन उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।

उद्योगमा एभरेष्ट ग्यास उत्पादन गर्दै आइएका व्यवसायी शिव घिमिरे सहितको लगानी रहेको विभागको भनाइ छ। घिमिरेले आधा दर्जनभन्दा बढी ब्रान्डका ग्यास बोर्टलिङ उद्योग सञ्चालन गर्दै आएका छन्।

नयाँ स्थापना हुने एलपीजी ग्यास सिलिण्डर उद्योगमा ३ सय १७ जनाले रोजगारी पाउने र ८ हजार केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend