बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यवसायी शिव घिमिरेले ३ अर्ब लगानीमा विद्युतीय कारदेखि मोटरसाइकल उत्पादन गर्दै

सोमबार, जेठ २३ २०७९
व्यवसायी शिव घिमिरेले ३ अर्ब लगानीमा विद्युतीय कारदेखि मोटरसाइकल उत्पादन गर्दै

वार्षिक २१ सय वटा विद्युतीय मोटरसाइकल/स्कुटर, ६ सय चारपांग्रे विद्युती कार (एसयूभी) र १२ सय वटा तिन पांग्रे सवारीसमेत उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।

काठमाडौं- नेपालमै एकैपटकमा एउटै उद्योगबाट विद्युतीय चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। बाराको सिमरामा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो।  

तीन अर्ब रुपैयाँको लगानीमा उद्योग खोल्ने गरी उद्योग विभागमा दर्ता भएको छ। उद्योग विभाग स्रोतका अनुसार ग्यास व्यवसायीका रुपमा चर्चा कमाएका व्यवसायी शिव घिमिरेले नेपालमै विद्युती सवारी मोटरसाइल/स्कुटर, कार/जिप, बस लगायतका सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्। उद्योग स्थापनाका लागि आवश्यक जग्गासमेत लिइसकेको व्यवसायी घिमिरेले बिजनेस न्युजसँग बताए।

घिमिरेले अहिले मोटरहेडको मोटरसाइकल व्यापार गर्दै आएका छन्। घिमिरेको आधा दर्जनभन्दा बढी ग्यास उद्योग सञ्चालनमा छन्। घिमिरेले अक्सिजन ग्यास उद्योगसमेत सञ्चालन गरिरहेका छन्। यसबाहेक घिमिरेले हाइड्रोमा समेत लगानी गर्दै आएका छन्।

घिमिरेले बाराकाे सिमरामा ३२ बिघा जग्गा खरिद गरेर राखेका छन्। साे जग्गामा अन्य उद्याेगसहित सवारी एसेम्बलसमेत गर्ने याेजना उनकाे छ। सवारी उद्याेगका लागि संयुक्त उक्रमका लागि छलफल भइरहेकाे उनले बताए। 

घिमिरेले वार्षिक २१ सय वटा विद्युतीय मोटरसाइकल/स्कुटर, ६ सय चारपांग्रे विद्युती कार (एसयूभी) र १२ सय वटा तिन पांग्रे सवारीसमेत उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।

यसैगरी उद्योगबाट वार्षिक १ सय २० वटा विद्युतीय बस, पेट्रोलबाट चल्ने मोटरसाइकल १० हजार ५ सय, पेट्रोलबाट चल्ने ३ पांग्रे १५ सय वटा, पेट्रोल/डिजल इन्धन कार/जिप ६ सय वटा र  ६ पांग्रे ठूला सवारी वार्षिक ७ सय ५० वटा उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।

उद्योगले ४ सय ३१ जनालाई रोजगारी दिने र २ हजार ५ सय केभी विद्युत खपत हुने दर्ता विवरणमा उल्लेख छ।


प्रकाशित : सोमबार, जेठ २३ २०७९१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend