बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मोट्रेक्सलाई विद्युतीय गाडीमात्र बनाउन दिने निर्णय

सोमबार, जेठ २३ २०७९
मोट्रेक्सलाई विद्युतीय गाडीमात्र बनाउन दिने निर्णय

लगानी बोर्डको ३५औँ बैठकले नेपालमै गाडी एसेम्बल गर्न मोट्रेक्स कम्पनीलाई स्वीकृति दिएको थियो।

काठमाडौं- लगानी बोर्डले कोरियाली कम्पनी मोट्रेक्सलाई विद्युतीय कारमात्र बनाउन दिने निर्णय गरेको छ।

सोमबार बसेको लगानी बोर्डको बैठकले मोट्रेक्सले यसअघि आईसी (इन्टरनल कम्बस्चन) युक्त कार उत्पादन गर्ने गरि गरेको लगानी प्रतिवद्धतालाई विद्युतीय गाडी बनाउन गरि आउन आग्रह गरेको हो। 

कोरियन इन्फोटेन्टमेन्ट सिस्टम निर्माता कम्पनी मोट्रेक्सले नेपालमा गाडी एसेम्बल गर्न लगानी बोर्डबाट २०७५ चैत्र १ गते स्वीकृति दिएको थियो। लगानी बोर्डको ३५औँ बैठकले नेपालमै गाडी एसेम्बल गर्न मोट्रेक्स कम्पनीलाई स्वीकृति दिएको थियो।

त्यसयता कम्पनीले हालसम्म कुनै प्रक्रिया भने अघि बढाएको छैन। सरकारले कम्पनीलाई जग्गा उपलब्ध गराउन प्रयास गरेपनि हालसम्म उपलब्ध गराउन सकेको छैन। 

मोट्रेक्सले सवारी एसेम्बलका लागि नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो। नेपालमा कोरोना संक्रमणको कारण लकडाउन गर्नुअघि नै उसलाई स्वीकृति दिएको एक वर्ष पुरा भएको थियो। लगानी सम्मेलनको मुखमा बोर्डले उक्त लगानी स्वीकृत गरेको थियो। 

सरकारले विद्युतीय सवारी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिने नीति लिएकाले छ। विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीलाई सरकारले सहुलियत दिने बकताएको छ। त्यहीअनुसार सरकारले मोट्रेक्सलाई पनि विद्युतीय कार नै उत्पादन गर्न आग्रह गर्दै लगानी बोर्डमार्फत उक्त निर्णय गरेको हो। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend