शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बियरदेखि सुपारीसम्म बढ्यो कर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
बियरदेखि सुपारीसम्म बढ्यो कर

काठमाडौं- सरकारले बियरमा भारी कर लगाएको छ। बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढाएका छन्।

यसअघि प्रतिलिटर १९८ रुपैयाँ लाग्दै आएको अन्तशुल्कमा ३० रुपैयाँले थप गरी २२८ रुपैयाँ बनाइएको छ। सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ। सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ। 

इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ। अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ। अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँलाई ३० रुपैयाँ बनाइएको छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend