शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बजेट सकारात्मक भएपनि कार्यान्वयनमा शंका : पूर्वअध्यक्ष राणा

आइतबार, जेठ १५ २०७९
बजेट सकारात्मक भएपनि कार्यान्वयनमा शंका : पूर्वअध्यक्ष राणा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले बजेट समग्रमा राम्रो सुनिए पनि अब कार्यन्वयनको विषय महत्वपूर्ण भएको बताएकी छिन्। 

‘विगतका कार्यक्रमहरु पनि दोहोरिएर आएका छन्, तर कार्यन्वयन वर्षौसम्म पनि नहुने गरेको छ,’ राणाले भनिन्।

आयात निरुत्साहितदेखि उत्पादनको कार्यक्रम आउनु सकारात्मक भएको समेत उनले बताइन्। अझै पनि नेपालमा उत्पादन गर्ने वस्तुहरुको करको विषयमा प्रष्ट नआएको समेत उनले बताइन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend