शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पेट्रोलियम पदार्थको कर घटाउने अर्थमन्त्रीको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
पेट्रोलियम पदार्थको कर घटाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं- बजेट भाषणको अन्तिममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा कर घटाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

कति घट्ने भन्ने विषय भने सार्वजनिक हुनै बाँकी रहेको छ। यसअघि नै अर्थ मन्त्रालयले १० रुपैयाँ कर घटाउने गरी तयारी गरिरहेको थियो। अर्थमन्त्री आइतबार बजेट प्रस्तुत गरिरहँदा अन्त्यमा मूल्य घटाउने प्रतिवद्धता गरेर भाषण सकाएका हुन्। 

नेपाल आयाल निगमले १ सय १७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोल जनतालाई १ सय ८० रुपैयाँमा बेच्दै आएको छ। सरकारले पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटरमा १० रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा दुई सय रुपैयाँ बढाएको थियो।

अहिले विशेष गरी पूर्वाधार करका रुपमा जोडिएको रकम हटाइने तयारी देखिन्छ। 

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो। नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदाको सरकारले ५ रुपैयाँ थपेर पूर्वाधार कर भन्दै प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो।

निजी क्षेत्र र उपभोक्ता अधिकारकर्मीहरूले समेत करमा केही कटौती गरेर इन्धनको मूल्य घटाउन माग गर्दै आएका थिए। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend