बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अब भैरहवा र पोखराबाट पनि श्रम स्वीकृति दिइने

मंगलबार, जेठ १० २०७९
अब भैरहवा र पोखराबाट पनि श्रम स्वीकृति दिइने

वैदेशिक रोजगारीका लागि श्रम सम्झौताको पुनरावलोकन, नयाँ र आकर्षक गन्तव्यमा रोजगारी प्रवर्द्धन गरिनेसमेत जनाइएको छ।

काठमाडौं- सरकारले भैरहवा र पोखराबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने भएको छ। 

संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले थप दुई स्थानबाट वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराउने घोषणा गरेकी हुन्। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारी सूचना प्रणालीलाई प्रभावकारी बनाउने र रोजगारीका क्रममा आवश्यक परामर्श, राहत, उद्धारलगायत गतिविधि स्थानीय सरकारको समन्वयमा प्रभावकारी रूपमा अगाडि बढाउने सरकारको योजना छ। 

वैदेशिक रोजगारीका लागि श्रम सम्झौताको पुनरावलोकन, नयाँ र आकर्षक गन्तव्यमा रोजगारी प्रवर्द्धन गरिनेसमेत जनाइएको छ।


प्रकाशित : मंगलबार, जेठ १० २०७९१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend