बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

एक सातामा दोस्रोपटक बढ्यो सार्वजनिक सवारी भाडा

images
मंगलबार, जेठ १० २०७९
images
एक सातामा दोस्रोपटक बढ्यो सार्वजनिक सवारी भाडा

समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ १० अर्थात आजैदेखि नै लागु हुनेछ।

images
images

काठमाडौं- सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।

images
images
images

यसअघि जेठ ४ गतेदेखि लागु हुनेगरी जेठ ३ गते सवारी भाडा बढेको थियो। त्यसको एक सातामै दोस्रोपटक अहिले भाडा बढेको हो। 

images
images

विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.१ प्रतिशत भाडा बढाएको हो। त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाएको हो। 

images
images

नेपाल आयत निगमले यही जेठ ८ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। 

समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ १० अर्थात आजैदेखि नै लागु हुनेछ।


प्रकाशित : मंगलबार, जेठ १० २०७९१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend