सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

१८ हजार घण्टा आकाशमा उडेका वरिष्ठ पाइलट श्रवण रिजालले लिए नेपाल एयरलाइन्सबाट बिदा

images
सोमबार, वैशाख २९ २०८२
images
१८ हजार घण्टा आकाशमा उडेका वरिष्ठ पाइलट श्रवण रिजालले लिए नेपाल एयरलाइन्सबाट बिदा

उनले २०२४ मा निगमको अपरेशन विभाग प्रमुखसमेत भएर काम गरेका थिए। रिजाल ट्वीनअटर जहाज उडानको क्रममा ग्राउन्ड परीक्षकसमेत भएका थिए।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का वरिष्ठ पाइलट श्रवण रिजालले राजीनामा दिएका छन्।

images
images
images

परीक्षक पाइलट (डीसीपी-ए) को लाइसेन्ससमेत प्राप्त गरी २८ वर्षदेखि जहाज उडान गर्दै आएका पाइलट रिजालले निगमभित्रको बेथिति र आफूले नगरेको गल्तीमा समेत दु:ख दिने काम भएको भन्दै राजीनामा दिएको बुझिएको छ।

images
images

रिजालले सन् १९९७ देखि नेपाल वायुसेवा निगमको जहाज उडाउँदै आएका थिए। उनले निगममा सुरुमा ट्वीनअटर जहाज उडाएका थिए। २००९ सम्म ट्वीनअटर जहाज उडाएका उनले त्यसयता २०१५ सम्म बोइङ जहाज उडाएका थिए। २०१५ देखि २०१८ सम्म एयरबस ३२० जहाज उडाएका उनले २०१८ पछि अहिलेसम्म ए३३० वाइडबडी जहाज उडाउँदै आएका थिए।

images
images

पाइलट रिजाजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार आरोपित बनाएर विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। गत मंसिरमा मात्रै उनले विशेष अदालतबाट सफाइ पाएका थिए।

उनलाई नजिकबाट चिन्ने एकजना पाइलटका अनुसार मुद्दा सकिनेबित्तिकै उनी सेवाबाट बिदा लिने मनसायमा थिए। अन्तत: १८ हजार घण्टा आकाशमा उडिसकेका रिजालले नेपाल एयरलाइन्सबाट बिदा लिएका हुन्।

उनले २०२४ मा निगमको अपरेशन विभाग प्रमुखसमेत भएर काम गरेका थिए। रिजाल ट्वीनअटर जहाज उडानको क्रममा ग्राउन्ड परीक्षकसमेत भएका थिए। उनले बोइङ उडान गर्दा भने पाइलटको मात्रै भूमिकामा जहाज उडान गरेका थिए।

एयर बस ३२० उडानकै क्रममा रिजाल आईपी पाइलटसमेत भएका थिए। एयर बस ३२० पछि वाइडबडी उडानमा रहेका रिजाल आईपी पाइलट हुँदै परीक्षक पाइलट (डीसीपी-ए) समेत भएका थिए। डीसीपी-ए पाइलट लाइसेन्स पाउनु भनेको पाइलटहरुको तालिम र परीक्षा दुवै लिन पाउनु हो।

श्रवणका पिता गंगाराम रिजालसमेत नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट थिए। सन् १९६७ मा निगम प्रवेश गरेका गंगारामले २००५ मा निगमबाट अवकाश लिएका थिए। गंगारामसहित उनका ३ भाइ छोराले नै निगममा एकैपटक सेवासमेत दिएका थिए। श्रवणले राजीनामा दिएसँगै अब गंगाराम परिवारका सुवास रिजालमात्रै निगमको सेवामा रहेका छन्।

गंगारामका जेठा छोरा सुवास अहिले पनि निगमको वाइडबडी ए ३३० जहाज उडान गरिरहेका छन्। सुवास सन् १९८८ देखि निगमको जहाज उडान गरिरहेका छन्। गंगारामका माइला छोरा सुदीप रिजाल हुन्। सुदीपले पनि सन् १९९७ देखि सन् २००४ सम्म निगममा जहाज उडाएका थिए।

सुवासले निगमले भित्र्याएको प्राय: सबै प्रकृतिका जहाज उडान गरेका छन्। उनले वाइडबडी उडान गर्न थालेको पनि २ वर्षभन्दा बढी भइसकेको छ। वाइडबडी उडानभन्दा पहिले सुवास न्यारोबडी ए३२० को वरिष्ठ पाइलट तथा आईपी पाइलट थिए। 


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend