बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोरोनापछि लम्किएको कार व्यापारमा दसैँ अफर

बिहीबार , असोज ७ २०७८
कोरोनापछि लम्किएको कार व्यापारमा दसैँ अफर

तर कोरोना भाइरसका कारण गत वर्ष र यो वर्ष अटो शो हुन सकेन। गत वर्ष त निजी सवारीको बिक्रीमा उत्साह देखिएको थिएन। यो वर्ष अटो शो नभए पनि कारको बिक्रीमा उत्साह देखिएको छ।

काठमाडौं- कोरोना भाइरबाट सिर्जित महामारी थिएन भने यतिबेला सवारी बिक्रेताहरूलाई ‘दसैँ’ लागि सकेको हुन्थ्यो। दसैँअघि सवारी बिक्रेताहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ‘नाडा अटो शो’ गर्दै आएको थियो। 

तर कोरोना भाइरसका कारण गत वर्ष र यो वर्ष अटो शो हुन सकेन। गत वर्ष त निजी सवारीको बिक्रीमा उत्साह देखिएको थिएन। यो वर्ष अटो शो नभए पनि कारको बिक्रीमा उत्साह देखिएको छ।

समस्या के छ भने यो वर्ष कारको माग उल्लेख्य रहेपछि कारको आपूर्ति भनेजति नहुँदा व्यवसायीहरु चिन्तित छन्। तथापी कार बिक्रेताहरुले उपभोक्तहरुलाई आकर्षित गर्न विभिन्न अफरहरुले ल्याएका छन्।

नेपाली बजारमा वर्षभरि बिक्री हुने कार मध्ये दसैँतिहारमा ३५ देखि ४० प्रतिशत बिक्री हुने गरेको छ। यो वर्ष कोरोना भाइरसकै कारण विश्वभर चिप अभाव हुँदा कारको उत्पादन तथा आपूर्ति प्रभावित भएको छ। 

त्यसको प्रत्यक्ष प्रभाव भारत तथा नेपालमा पनि परेकै छ। नेपालमा आयात हुने सवारीमध्ये करिब ८० प्रतिशत भारतमै उत्पादन हुने गरेका छन्। भारतमै उत्पादकहरुले माग अनुसार कारको आपूर्ति दिन सकेका छैनन्। 

त्यसैले कार बिक्रेताहरु बुकिङ लिएर क्रमिक रुपमा डेलिभरी दिने गरि अघि बढी रहेका छन्। कार बिक्रीके मुख्य सिजनलाई हरतरहले ‘क्यास’ गर्न चाहिरहेका छन्। नेपालमा पनि यही अवस्था रहेको कार बिक्रेताहरुको भनाइ छ। 

नेपाली बजारमा उपलब्ध सबैजसो कार बिक्रेताहरुले दसैँतिहार लक्षित गरि उपहार योजनाहरु ध्माधन सार्वजनिक गरिरहेका छन्। उपहार योजना आउन थालेसँगै  कारको माग झनै बढेको व्यवसायीहरु बताउँछन्। 

कार बिक्रेताहरुले दसैँका लागि त्याएको योजनामा भारी छुट सहित विभिन्न अफर सार्वजनिक गरेका छन्। साथै केही कम्पनीहरुले नयाँ कार समेत ल्याएका छन्। 

सुजुकीः सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले यो वर्षका लागि सुजुकी पर्वोत्सव अफर ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्चेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस र १ वर्षको सवारी बीमाका साथै स्क्रयाच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने छन्। 

सुजुकीका मोडलअनुसार फरकफरक छुटहरु र क्लियरेन्स मोडलमा विशेष छुट पनि ग्राहकले पाउने कम्पनीले जनाएको छ। यो योजना सीमित अवधिका लागि सुजुकीको देशभरका ३८ वटै सोरुममा उपलब्ध हुनेछ। 
नेपाली बजारमा सुजुकीका एस्प्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेज्जा, एस-क्रस, इर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गाे उपलब्ध रहेको छ। 

टाटाः टाटा मोटर्सको नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले २०७८ को दसैँको अवसरमा नयाँ गाडी खरिदकर्तालाई ‘यसपालीको दसैँतिहार टाटाका सेफेस्ट कार हर्षमय परिवार’ अफर सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत कम्पनीले २ लाख नगद छुट दिने जनाएको छ। यसका साथै निःशुल्क एक वर्षको सवारी कर, ३ वर्षको वारेन्टीसहित फ्रि सर्भिस र आकर्षक बोनस दिने जनाएको छ। 

सिप्रदीले जुनसुकै सोरुममा गएर नयाँ डिजाइनका उत्पादन टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका कार अवलोकन, टेस्ट ड्राइभ गरि ग्राहकले योजनाबाट लाभ लिन सक्ने कम्पनीको भनाइ छ। 

फोटोनः फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले ‘सेभ टनाटन अर्न टनाटन’ नामक दसैँ योजना ल्याएको छ। यो योजना अन्तर्गत भ्यान भ्यू सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने कम्पनीले जनाएको छ।

२ लाख ५० हजार रुपैयाँसम्म छुट र १२ लाख डाउनपेमेन्टमै गाडी उपलब्ध गराउने छ। साथै १ वर्षको लागि निःशुल्क बिमा र १ वर्षका लागि सडक कर छुट हुने कम्पाीको भनाइ छ।  

हुन्डाईः हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई फेष्टिभ डिलाइट २०७८’ नामक योजना ल्याएको छ।

यो योजनाअन्तर्गत ग्राहकहरुले हुन्डाईका कार खरिदमा लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई ट्वान्टी पाउनेछन्। साथै, कम्पनीले ३ लाख रुपैयाँसम्मको नगद छुट दिने जनाएको छ। 

साथै स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट र निःशुल्क १ वर्षको बिमा र एक वर्षको सडक कर समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ। हुन्डाईका कार खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी दिइनेछ। 

प्रोटोनः प्रोटोनले दसैँपतिहार लक्षित गरेर ‘दसैँ दक्षिणा योजना ल्याएको छ। भदौ १७ गतेबाटै सुरु भएको यो योजना प्रोटोनका सबै सोरुमा उपलब्ध हुनेछ।  

प्रोटोनको सागा र एक्स ७० कारको खरिदमा १ लाखदेखि ६ लाखसम्मको दक्षिणा पाइने छ। साथै कुनैपनि ब्राण्डका गाडीसँग प्रोटोनको गाडी एक्सचेञ्ज गरेमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस पाउने छन्। 
यसका साथै प्रोटोनको नयाँ कार खरिदमा ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्मको छुट र पाटपूर्जा निःशुल्क पाउने छन्। कम्पनीले फाइनान्सको सुविधा समेत उपलब्ध गराउने छ। 

निसानः निसान कारको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले दसैँतिहार लक्षित गरि ‘निसान फेस्टिभ ड्राइभ’ योजना ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले ३ लाख ५२ हजार २ सय ७१ रुपैयाँ लाभ पाउने छन्। 

जसमा कार खरिद गर्नेले २ लाख ५० हजार नगद छुट र बाँकी अन्य उपहार पाउने छन्। त्यस्तै कम्पनीले ग्राहकहरूलाई दसैँतिहार लक्षित गरि १ वर्षको बिमा, १ वर्ष सडकको कर, ३ वर्ष फ्रिसर्भिसिङ र ३ वर्षको वारेन्टीको दिने जनाएको छ। 

डीएफएसकेः डीएफएसकेको लागि नेपालको आधिकारिक बिक्रेता कुजु नेपालले चाडपर्वलाई लक्षित गरि नयाँ योजना ल्याएको छ। कम्पनीले दसैँतिहारको अवसरमा  ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम ल्याएको छ। 

डीएफएसके ग्लोरी आई अटो किन्ने ग्राहकले १५ लाख रुपैयाँ डाउनपेमेन्टमै उापने छन्। साथै, तीन लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक वर्षको वार्षिक कर छुट समेत पाउने कम्पनीले जनाएको छ। 

कम्पनीले नगद छुट लिन नचाहने ग्राहकले याडिया ब्राण्डका इलेक्ट्रिक स्कुटर दिने उल्लेख गरेको छ। डीएफएसके ग्लोरी५६० किन्न चाहने ग्राहकले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा कार किन्न सक्नेछन्। 

ग्रेटवाल मोटर्सः ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले दसैँतिहारलाई लक्षित गरि ६ लाख रुपैयाँसम्म फाइदा हुने अफर ल्याएको छ। यो योजनामा ग्रेटवालका दुई एसयूभी हाभाल एचसिक्स र हाभाल जोलिओन र फिकअपमा उपलब्ध हुनेछ। 

ग्रेटवालको ‘चाडपर्वको उमंग हाभाल र पोर चढी दंग’ अफर अन्तर्गत १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एसोसिरिज, १ वर्षको विस्तृत बिमा र सहज फाइनान्स सुविधा दिने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले हावालका कारमा ५ वर्ष वारेन्टी दिएको छ। 

ड्याटसनः ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले चाडवार्डलाई लक्षित गरेर ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना ल्याएको छ। यस योजनामा ग्राहकलाई कुल २ लाख ४१ हजार ५२ बराबरको विशेष सुविधा दिएको छ।

जसमा १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २८ हजार मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्नेछन्। साथै १ वर्षको बिमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

फक्सवागनः फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले ‘दसैँतिहार भल्कफेस्ट’ योजना ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले बीएमडब्लू जी ३१० जीएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्लिप ३ पाउने छन्। त्यस्तै ग्राहकलाई आकर्षक नगद छुट पनि दिइने कम्पनीले जनाएको छ। 

यसका साथै नेपाली बजारमा उपलब्ध अन्य ब्रान्ड किया, स्कोडा, टोयोटालगायत कम्पनीले पनि दसैँअफर ल्याएका छन्। 


प्रकाशित : बिहीबार , असोज ७ २०७८०८:४८
  • सम्बन्धित विषय:

  • # कार
  • # कार व्यापार
  • # दसैँ अफर


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend