शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नक्कली भ्याट बिल बनाउनेविरुद्ध मुद्दा दायर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ९ २०७९
नक्कली भ्याट बिल बनाउनेविरुद्ध मुद्दा दायर

काठमाडौं- नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।

विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो। 

विभागले मूल्य अभिवृद्धिकरतर्फ २ करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको ५ करोड ५७ लाख १६ हजार ६१२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। विभागले बिगो र जरिवानासहित १५ करोड ९७ लाख पाँच हजार १०६ रुपैयाँ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ। रासस 


प्रकाशित : सोमबार, जेठ ९ २०७९१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend