बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ८ २०७९
images
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला हुने
फाइल तस्बिर।

यार्सागुम्बा सङ्कलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ ।

images
images

दुनै- डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि  जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म  सङ्कलन गर्न पाउने निर्णय गरेको हो । 

images
images
images

कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ । यार्सागुम्बा सङ्कलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ ।

images
images

यार्सागुम्बा सङ्कलन अवधिमा यार्सा सङ्कलनबाहेक अन्य गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्च तथा वनजङ्गल संरक्षण ऐन २०२९, हिमाली राष्ट्यि निकुञ्ज नियामावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ ।यस्तै यार्सागुम्बा सङ्कलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वयमा निःशुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहरमैला व्यवस्थापनका लागि यार्सागुम्बा सङ्कलनकर्तालाई नाकामा अभिमुखीकरण गर्ने जनाइएको छ ।

images
images


प्रकाशित : आइतबार, जेठ ८ २०७९०४:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend