बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

नेपालको विद्युत खरिद गर्न बंगलादेशलाई आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ ७ २०७९
images
नेपालको विद्युत खरिद गर्न बंगलादेशलाई आग्रह

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो।

images
images

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ। चेम्बरले  नेपाल छिट्टै विद्युत् निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको भन्दै बंगलादेशसँग विद्युत् व्यापारका लागि आग्रह गरेको हो।

images
images
images

नेपाल र बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेश बीच भएको विद्युत् व्यापारसबन्धी त्रिपक्षीय सम्झौताको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

images
images

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चौधरीसँग अध्यक्ष मल्लले भने ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि तीन देशका ऊर्जामन्त्री बीच तत्काल परिणाममुखी बार्ता गर्न आवश्यक छ। हामी निजी क्षत्रबाट पहल गर्छौं। बंगलादेशको सरकारबाट पनि यसको पहल होस्। नेपाल बंगलादेशलाई विद्युत् बेच्न तयारी अवस्थामा छ।’

images
images

नेपाल कम्तिमा अबको १ वर्षपछि विद्युत् निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाइ छ। भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेगावाट विद्युत् निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीनवटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए। 

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो। नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्बन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन।

चेम्बर अध्यक्ष मल्लले विद्युत् व्यापारको सहजिकरणसँगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका राजदूत चौधरीसँग आग्रह गरे । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए ।

नेपाल चेम्बर अफ कमर्सले आगामी असारमा गर्न लागेको चेम्बर मेलामा बंगलादेश मुख्य साझेदार रहेको छ। नेपालका लागि राजदूत चौधरीसँगले नेपालमा उत्पादिन विद्युत् किन्नका लागि बंगलादेश तयार रहेको बताए। उनले भने, ‘अबको केही देशक भित्रै बंगलादेशले ग्रिन इनर्जीलाई प्रोत्साहन गर्ने छ। सोहीअनुसार हाम्रा प्राथमिकताहरु, योजनाहरु बनिरहेकाछन्। नेपालको विद्युत् खरीद गर्नका लागि हामी आतुर छौँ।’ 

भारतको बाटो भएर विद्युत् खरदि गर्नका लागि आवश्यक प्रक्रिया तत्काल शुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्ने राजदूत चौधरीले बताए। यद्यपी अन्य क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरिएको उनले बताए।

नेपालसँग लगानी सुरक्षणसम्बन्धी छुट्टै सम्झौता गर्न पहल गरेपनि परिणाम हासिल हुन नसकेको पनि उनले बताए।


प्रकाशित : शनिबार, जेठ ७ २०७९१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend