बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै

images
शनिबार, जेठ ७ २०७९
images
जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै

युवा विदेशिने र सहर पलायन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो।

images
images

गलेश्वर- स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ।

images
images
images

स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि जान बाध्य छन्।

images
images

युवा विदेशिने र सहर पलायन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो। बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा जमिन बाँझै छाडेका छन्। युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ।

images
images

दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवाविहीन हुने गरेका बेनी नगरपालिका-२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए। गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन्।

सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताए। रिजालले भने, 'खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गाजमिन बाँझै छाड्न बाँध्य छौँ।' 

यहाँका बासिन्दाले आफ्नै जग्गा जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन्। सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका ३ का जगबहादुर बूढाले बताए। अहिले यहाँ भएका युवा पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उनले बतए। 

वर्षौंदेखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन्। अर्कोतिर भूकम्पले भत्काएको घरको पुनःनिर्माण नगरी सहर बजारमा डेरामा बस्न थालेका छन्।

एकातिर कामदारको अभाव छ भने अर्कोतर्फ खेतीयोग्य जमिनलाई पल्टिङ गर्ने क्रम उत्तिकै बढेको छ। खेतीयोग्य जमिन बाँझो हुन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको चपेटामा स्थानीय परेका छन्। 

स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्य वृद्धि हुने गरेको व्यापारीको भनाइ छ। 'खेतबारीमा बनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चामल र खाद्यान्न किनेर खाने गरेका छन्', मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। 

कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ। तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायतका ठाउँमा पनि जमिन बाँझै छ। धान उत्पादन हुने सिंगा, बगरफाँट, डाँडाखेतलगायतका ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन्। यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ।

कृषि कार्यालय र स्थानीय तहहरुलले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बिमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन। पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले बताए। रासस


प्रकाशित : शनिबार, जेठ ७ २०७९०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend