बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कार्गोमा लगानीकर्ताको आकर्षण, १० महिनामा एक अर्ब ७१ करोड विदेशी लगानी प्रतिबद्धता

शनिबार, जेठ ७ २०७९
कार्गोमा लगानीकर्ताको आकर्षण, १० महिनामा  एक अर्ब ७१ करोड विदेशी लगानी प्रतिबद्धता

यसैगरी ५ करोड रुपैयाँको लगानीमा वार्षिक ९ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने गरी नेपाल हाईलाइट्स इन्टरनेशनल कार्गो दर्ता भएको छ।

काठमाडौं- विदेशबाट आयात हुने तथा निर्यात हुने सामानको बजार बढ्दो छ। सामान आयात तथा निर्यात बढेसँगै कार्गो व्यवसायको विस्तार भएको छ। कार्गो व्यवसायमा लगानीसमेत बढेको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को बैशाखसम्ममा अन्तर्राष्ट्रिय कार्गो ह्यान्डलिङका लागि १२ वटा कम्पनी उद्योगमा दर्ता भएका छन्।

विभागका अनुसार २०७८ साउनदेखि २०७९ बैशाखसम्ममा कार्गो व्यवसाय सञ्चालनका लागि भन्दै १ अर्ब ७० करोड ९० लाख रुपैयाँको लगानी प्रतिवद्दतासहित उद्योगमा दर्ता भएका छन्। उद्योगमा दर्ता भएका सबै कार्गो काठमाडौंमा रहने गरी दर्ता भएका छन्।

विभागका अनुसार १० करोड रुपैयाँको लगानीमा चेन इन्टरनेशनल कार्गो प्रालि दर्ता भएको छ। यसले वार्षिक १६ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने लक्ष्य लिएको छ।

यसैगरी ५ करोड रुपैयाँको लगानीमा वार्षिक ९ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने गरी नेपाल हाईलाइट्स इन्टरनेशनल कार्गो दर्ता भएको छ।

१५ करोड रुपैयाँ लगानीमा मैतु इन्टरनेशनल कार्गो दर्ता भएको छ। यसले वार्षिक २० मेट्रिक टन सामान ओसारपसार गर्ने लक्ष्य लिएको छ। यसैगरी लाइ इन्टरनेश्नल दर्ता भएको छ। उद्योगमा २५ करोड लगानी रहेको छ।

उद्योगले वार्षिक १८ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने लक्ष्य लिएको छ। यसैगरी २५ करोडकै लगानीमा वार्षिक २२ हजार मेट्रिक टन सामान ओसारपसार गर्नेगरी बुबिन ईन्टरनेशनल कार्गो र २० करोडको लगानीमा २० हजार मेट्रिक टन सामान ओसारपसार गर्ने गरी हाईलिन इन्टरनेशनल कार्गो दर्ता भएको छ।

२० करोड रुपैयाँको लगानीमा १८ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने गरी खादा इन्टरनेशनल कार्गो र १५ करोड रुपैयाँको लगानीमा जम्बाला ईन्टरनेशनल कार्गो दर्ता भएको छ। 

यसैगरी ५० लाख रुपैयाँको लगानीमा एएल लजिष्टिक्स नेपाल र १० करोड ४० लाखको लगानीमा  सिएनपि ईन्टरनेशनल लजिष्टिक्स प्रालि दर्ता भएको छ। विभागका अनुसार ५ करोड रुपैयाँको लगानीमा मेटाभर्स कार्गो र २० करोड रपैयाँको लगानीमा मार्बल इन्टरनेशनल कार्गो प्रालि दर्ता भएको छ।


प्रकाशित : शनिबार, जेठ ७ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend