शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ६ २०७९
अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

काठमाडौं- नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका-१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो। पक्राउ परेकासँग प्रहरीले ७६ हजार रुपैयाँ, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।

यस्तै तारकेश्वर नगरपालिका-५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकासँग प्रहरीले २३ हजार ३ सय ६० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ। पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend