शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ६ २०७९
सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ।

तनहुँ- सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। 

म्याग्दे गाउँपालिका-७ घर भइ व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ गरेको छ।  
 
वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ। उनी उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend