बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक महिनामै ३० अर्ब ८१ करोड रुपैयाँको लगानी प्रतिबद्धतासहित ३३ उद्योग दर्ता

सबैभन्दा धेरै लगानी प्रतिबद्धता सुर्यतारा सिमेन्टमा

बुधबार, जेठ ४ २०७९
एक महिनामै ३० अर्ब ८१ करोड रुपैयाँको लगानी प्रतिबद्धतासहित ३३ उद्योग दर्ता

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/७९ को बैशाख महिनामा मात्रै ३३ नयाँ उद्योग दर्ता भएका छन्। ३० अर्ब ८१ करोड रुपैयाँको लगानी प्रतिबद्धतासहित ३३ नयाँ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ।

जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धतासँगै सुर्यतार सिमेन्ट उद्योग दर्ता भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा १४ अर्ब २७ करोडको लगानीमा सूर्यतारा सिमेन्ट उद्योग स्थापना हुने गरी दर्ता भएको छ।

गत चैत १७ गते लगानी बोर्डको ५० औँ बोर्ड बैठकले सिमेन्ट उद्योगको लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो। बोर्डले लगानी स्वीकृत गरेको एक महिना नबित्दै सिमेन्ट उत्पादनका लागि भन्दै सूर्यतारा सिमेन्ट प्रालि दर्ता भएको हो। उद्योग विभागका अनुसार सबै प्रक्रिया पूरा गर्दै उद्योग बैशाख ११ गते दर्ता भएको हो।

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चोकुने गाउँपालिकाको वडा नम्बर ९ मा उद्योग रहेको छ। उद्योगमा कुल १४ अर्ब २७ करोड ५० लाख रुपैयाँका लगानी रहने छ। शतप्रतिशत नेपाली लगानी रहेको उद्योगमा ६ सस जनाले रोजगारी पाउने छन्।

उद्योगले २२ हजार केभिए बिजुलीसमेत खपत गर्ने छ। कर्णाली प्रदेशमा खुलेको यो सिमेन्ट उद्योग त्यो क्षेत्रकै  सबैभन्दा  ठूलो उद्योग हो। उद्योगले ३ प्रकारको सिमेन्ट र क्लिङकर उत्पादन गर्ने  भएको छ।

उद्योगले वार्षिक ५ लाख ७४ हजार २ सय मेट्रिक टन ओपीसी, पीपीसी सिमेन्ट वार्षिक २ लाख ८७ हजार  १ सय मेट्रिक टन र पीएससी वार्षिक ९५ हजार ७ सय मेट्रिक टन उत्पादन गर्ने जनाएको छ। यसैगरी २८ हजार ५ सय ४ मेट्रिक टन क्लिङकर उत्पादन गर्ने भएको छ।

यसैगरी पहिलो पटक सुदूरपश्चिमा २ अर्ब ६४ करोडको लगानी प्रतिबद्धतासँगै जालपादेवी केबवकार उद्योग समेत बैशाखमै दर्ता भएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला जालपादेवी केबलकार निर्माण हुने भएको छ। कैलालीको मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकामा केबलकारसहित होटल बने भएको हो। केबलकार सहित होटलमा लगानी प्रतिबद्धतासँगै उद्योग दर्ता भएको हो।

यसैगरी बैशाख महिनामै एउटा क्यासिनो पनि दर्ता भएको छ। मोरङको बिग होटलमा क्यासिनो सञ्चालन हुने गरी च्याम्पिन जोन प्रालि दर्ता भएको छ।

क्यासिनोमा १८ करोड ७५ लाख रुपैयाँ लगानी प्रतिवद्धा गरिएको छ।यसैगरी झापामा ८० करोड रुपैयाँको लगानीमा सिंगापुर  वेभरेजेज प्रालि दर्ता भएको छ।

यसैगरी ३८ करोड रुपैयाँको लगानीमा काभ्रेको बनेपामा हिमालयन दृष्य रिसाेर्ट प्रालि दर्ता भएको छ। यसैगरी काठमाडौंमा नै १ अर्ब ३० करोड रुपैयाँको लगानीमा स्वर्णिम बुटिक होटल प्रालि दर्ता भएको छ। 


प्रकाशित : बुधबार, जेठ ४ २०७९००:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend