शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भाटभटेनीले तीन वर्षमा ८ आउटलेट विस्तार गर्ने 

महामारीमा पनि रोकिएन भाटभटेनीको वेग

आइतबार, जेठ १ २०७९
भाटभटेनीले तीन वर्षमा ८ आउटलेट विस्तार गर्ने 

तीन  दसक पहिले काठमाडौंमा सानो पसलबाट सुरु भएको यो कम्पनी पारिवारिक नियन्त्रणमा छ। 

काठमाडौं- भाटभटेनी सुपरस्टोरले आगामी तीन वर्षमा थप ८ वटा आउटलेट विस्तार गर्ने भएको छ। 

हाल काठमाडौं उपत्यका लगायतका मुख्य सहरमा १८ वटा आउटलेट सञ्चालन गरिरहेको कम्पनीले आगामी २ देखि ३ वर्षमा ८ आउटलेट विस्तार गर्ने भएको छ। 

नेपालको सबैभन्दा ठूलो रिटेल चेन स्टोर भाटभटेनीले पछिल्लो समय आक्रामक विस्तार गरिरहेको छ। तीन  दसक पहिले काठमाडौंमा सानो पसलबाट सुरु भएको यो कम्पनी पारिवारिक नियन्त्रणमा छ। 

मिनबहादुर गुरुङ र सावित्री गुरुङको स्वामित्वमा रहेको यो कम्पनीले पछिल्लो पाँच वर्षमा शतप्रतिशत व्यापार बढाएको छ। सन् २०१७ मा ११ अर्ब आम्दानी गरेको कम्पनीले सन् २०२१ मा १९ अर्ब ९९ करोडको व्यापार गरेको छ। 


प्रकाशित : आइतबार, जेठ १ २०७९०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend