शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

उद्योगपति विनोद चौधरीले नवलपुरको देउचुलीबाट गरे मतदान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ३० २०७९
उद्योगपति विनोद चौधरीले नवलपुरको देउचुलीबाट गरे मतदान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले आज नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्। 

काठमाडौं- स्थानीय तहको निर्वाचनमा यो पालि उद्योगी व्यवसायीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन्। व्यवसायीहरूले आफूले मतदान गरेको तस्बिर खुसीका साथ सार्वजनिक गरेका छन्। 

यसअघिका चुनावमा चुनावको समयमा धेरैजसो हाइप्रोइफाइल व्यवसायीले चुनावलाई यसरी उत्सवका रुपमा स्वागत गरेको सार्वजनिक गर्दैनथिए। 

मतदान गर्नेमा हाइप्रोफाइल व्यवसायीमध्येका एक हुन् उद्योगपति विनोद चौधरी। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले आज नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्। 

नेपालका एकमात्र फोर्ब्स डलर अर्बपति चौधरीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताले निर्वाचन मार्फत् आफ्नो नेतृत्व आफै छान्न पाउनु रहेको भन्दै निर्वाचनमा विजय हुने सबै जनप्रतिनिधिहरुलाई जनताको मतको भावनाअनुसार अघि बढ्ने सफलता मिलोस् भन्ने आफ्नो शुभकामना रहेको बताए। 

bc`.jpeg

संघीय संरचनामा गएपछि दोस्रोपटक हुन लागेको स्थानीय निर्वाचनमा व्यवसायी तथा सबै क्षेत्रमा व्यक्तिले उत्साहजनक सहभागिता जनाइरहेका छन्। 

निर्वाचन आयोगका अनुसार ३५ हजार २ सय २१ पदका मतदान भइरहेको छ। यो पालिको निर्वाचनमा १ लाख ४५ हजार ११ उम्मेदवारी दिएका छन्। यसमध्ये ३ सय ९० जना निर्विरोध भइसकेका छन्। 

१ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। यसका लागि आयोगले देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका निर्वाचन आयोगले जानकारी दिएको छ। 

bc2.jpeg

 


प्रकाशित : शुक्रबार, वैशाख ३० २०७९०५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend