शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

महेन्द्रनगरमा डिशहोम फाइवरनेटको सोरुम

आइतबार, वैशाख २५ २०७९
महेन्द्रनगरमा डिशहोम फाइवरनेटको सोरुम

काठमाडौं- डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाइवरनेट सोरुमको उद्घाटन भएको छ।  

सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्ने कम्पनीले जनाएको छ। सोरुम उद्घ्घाटन  डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान, रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको सहभागी थिए।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाएको छ। 

२ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक ट्रेडर्सले  अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ट्रेडर्सका सञ्चालक दिपक प्रसाद भट्टले जानकारी दिए।


प्रकाशित : आइतबार, वैशाख २५ २०७९०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend