आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सिभिल र सेञ्चुरी बैंकको सेयर मूल्य १५ महिनायताकै सस्तो, नाफाको छलाङ र मर्जरको चर्चाले समेत मिलेन साथ

images
शनिबार, वैशाख २४ २०७९
images
सिभिल र सेञ्चुरी बैंकको सेयर मूल्य १५ महिनायताकै सस्तो, नाफाको छलाङ र मर्जरको चर्चाले समेत मिलेन साथ
images
images

काठमाडौं- सिभिल र सेञ्चुरी बैंकको सेयर मूल्य घटेको घट्यै भएपछि १५ महिनायताकै सस्तो मूल्यमा आएको छ। सिभिलको सेयर मूल्य घटेर २१३.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। सेञ्चुरी बैंकको २०७ रुपैयाँमा आएको छ।

images
images
images

सिभिल बैंकको ३१६ रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य लगातार घट्दा २१३.५० रुपैयाँमा नै आएको छ। त्यस्तै गरी सेञ्चुरी बैंकको पनि अधिकतम ३२४ रुपैयाँसम्ममा कारोबार भएको छ।  

images
images

सिभिलको चुक्तापुँजी ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।

images
images

यता सेञ्चुरी बैंक चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।

सिभिल बैंकमा ठूला बैंकको मर्जको लागि अनौपचारिक रुपमा छलफल गरिरहेका छन्। सिभिलमा हिमालयन देखि माछापुच्छ्रे बैंकसम्मले मर्जको प्रस्ताव गरेका छन्। यता सेञ्चुरी बैंकमा प्रभु बैंकसँग मर्जको चर्चा चलिरहेको छ। 

नाफा बढ्दा पनि बढेन सेयर मूल्य 

सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको थियो। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

ब्याज आम्दानी करिब १ अर्बले बढाएको तथा सञ्चालन खर्च सो अनुपातमा नबढेको कारण बैंकको नाफा ८० प्रतिशतले बढेको थियो। बैंकले ९ महिनामा २ अर्ब ४५ करोड ब्याज आम्दानीबाट कमाएको छ। अघिल्लो वर्ष १ अर्ब ५४ करोड ब्याज आम्दानीबाट कमाएको थियो। बैंकको नाफा बढेसँगै प्रति सेयर आम्दानी बढेको छ। चैत मसान्तको वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। 

९ महिनाको वित्तीय विवरणमा उत्साहजनक सुधार गरेको सेञ्चुरी बैंक र नाफा घटेको प्रभु बैंकको मर्जरमा पुनः छलफल अगाडि बढिरहेको छ। 

माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट पछि हटेको सेञ्चुरी बैंकले पछिल्लो समय प्रभु बैंकसँग मर्जरमा जान घनिभूत छलफल जारी राखेको हो। दुवैले स्वाप रेसियोसहित सहमती गराएर मात्रै बाँकी कुरा अगाडि बढाउने तयारी गरेका छन्। सम्भवतः स्वाप रेसियोमा सेञ्चुरी बैंकले प्रभुसँग १०० कित्ता बाराबर ९० कित्ता प्रस्ताव गरेको छ। प्रभुले उक्त स्वाप रेसियोमा अझै सहमती दिएको छैन। सहमती भएमा आउने आर्थिक वर्ष भित्रै दुई बैंक एक भएको घोषणा गर्ने तयारी गरेका छन्। 

सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१२.७६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको २७ करोड ८३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७ गुणा रहेको छ।


प्रकाशित : शनिबार, वैशाख २४ २०७९००:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend