शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पेन्ट्सको कच्चा पदार्थमा भन्सार दर ५ प्रतिशतमा झार्न व्यवसायीको माग

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २२ २०७९
पेन्ट्सको कच्चा पदार्थमा भन्सार दर ५ प्रतिशतमा झार्न व्यवसायीको माग

काठमाडौं- पेन्ट्स उद्योगहरुले पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग गरेका छन्।

बिहीबार काठमबाडौंमा पत्रकार सम्मेलन गरी पेन्ट्स उद्योग संघले तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको भन्दै पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सारदर ५ प्रतिशतमा घटाउन माग  गरेका हुन।

नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको भए पनि कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कले उद्योग सञ्चालनमा समेत समस्या भएको बताए।

उनले सरकारले भन्सार शुल्क ३० प्रतिशत लगाउँदा बजारमा उपभोक्ताले मूल्य वृद्धिको मार खेप्नु परेको बताए।  साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर हुँदै गएकाले विदेशबाट आउने तयारी पेन्ट्समा काउन्टर भेलिङ शुल्क लगाउन सुझाव दिए ।

उनले पेन्ट्सका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तुसरह भन्सार महशुल लाग्ने गरेको दोहोर्याए। अध्यक्ष साःखले सरकारले ३० प्रतिशतसम्म भन्सार, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको बताए।

पेन्ट्स उद्योगीहरुले एक्रिलिक पोलिमरमा श्रीलंका, बंगलादेश, भारतजस्ता छिमेकी मुलुकमा १० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरिएकोमा नेपालमा बढी रहेको बताएका छन्।

पेन्ट उद्योगहरुले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११ मा आयात गर्ने गरेको हुँदा एचएसएन कोड सच्याउन समेत उद्योगीले माग गरेका छन् । नेपालमा पेन्ट्सको वार्षिक कारोबार २० अर्ब रुपैयाँ रहेको छ। हाल नेपालमा ५० भन्दा बढी पेन्ट्स उद्योग रहेकोमा ३ वटा विदेशी लगानीका उद्योग रहेका छन् ।


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend