शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पूर्वराज्यमन्त्री मोतिलाल ‍दुगडको उद्योगलाई ३ लाख जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २१ २०७९
पूर्वराज्यमन्त्री मोतिलाल ‍दुगडको उद्योगलाई ३ लाख जरिवाना

जरिवाना गरेको हो। विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ। 

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। 

विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा बिक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो। विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ। 

यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले आज एक विज्ञप्ति जारी गरी उक्त उद्योगका उत्पादन सेञ्चुरी ब्राण्डका मसलाहरू उपभोग गर्दा होशियार रहन आम उपभोक्तामा अनुरोध गरेको छ।

यो उद्योग पूर्वउद्योग राज्यमन्त्री मोतिलाल दुगडको हो। उनी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २१ २०७९१३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend