शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

मंगलबार, वैशाख २० २०७९
अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

पोखरा- पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ। बिहान ५ बजेदेखि केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो।

केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको छ।

केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ।

केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो। सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकका लागि यो सुविधा प्रदान गर्न लागिएको हो।


प्रकाशित : मंगलबार, वैशाख २० २०७९११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend