बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी बोर्डबाट १४ अर्ब २७ करोड लगानी स्वीकृत भएको सूर्यतारा सिमेन्ट उद्योग दर्ता

सोमबार, वैशाख १९ २०७९
लगानी बोर्डबाट १४ अर्ब २७ करोड लगानी स्वीकृत भएको सूर्यतारा सिमेन्ट उद्योग दर्ता

काठमाडौं- कर्णाली प्रदेशको सुर्खेतमा १४ अर्ब २७ करोडको लगानीमा सूर्यतारा सिमेन्ट उद्योग स्थापना हुने भएको छ। गत चैत १७ गतेमात्रै लगानी बोर्डको ५० औँ बोर्ड बैठकले सिमेन्ट उद्योगको लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो।

बोर्डले लगानी स्वीकृत गरेको एक महिना नबित्दै सिमेन्ट उत्पादनका लागि भन्दै सूर्यतारा सिमेन्ट प्रालि दर्ता भएको हो। उद्योग विभागका अनुसार सबै प्रक्रिया पूरा गर्दै उद्योग बैशाख ११ गते दर्ता भएको हो।

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चोकुने गाउँपालिकाको वडा नम्बर ९ मा उद्योग रहेको छ। उद्योगमा कुल १४ अर्ब २७ करोड ५० लाख रुपैयाँका लगानी रहने छ। सत प्रतिशत नेपाली लगानी रहेको उद्योगमा ६ सस जनाले रोजगारी पाउने छन्।

उद्योगले २२ हजार केभिए बिजुलीसमेत खपत गर्ने छ। कर्णाली प्रदेशमा खुलेको यो सिमेन्ट उद्योग त्यो क्षेत्रकै  सबैभन्दा  ठूलो उद्योग हो। उद्योगले ३ प्रकारको सिमेन्ट र क्लिङकर उत्पादन गर्ने  भएको छ।

उद्योगले वार्षिक ५ लाख ७४ हजार २ सय मेट्रिक टन ओपीसी, पीपीसी सिमेन्ट वार्षिक २ लाख ८७ हजार  १ सय मेट्रिक टन र पीएससी वार्षिक ९५ हजार ७ सय मेट्रिक टन उत्पादन गर्ने जनाएको छ। यसैगरी २८ हजार ५ सय ४ मेट्रिक टन क्लिङकर उत्पादन गर्ने भएको छ।


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend