शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

३ अर्ब ३८ करोडको लगानी प्रतिबद्धतासहित १० कन्स्ट्रक्सन उद्योग दर्ता

images
शनिबार, वैशाख १७ २०७९
images
३ अर्ब ३८ करोडको लगानी प्रतिबद्धतासहित १० कन्स्ट्रक्सन उद्योग दर्ता
images
images

काठमाडौं- निर्माणको कामका लागि भन्दै पछिल्लो समय निर्माण कम्पनीहरूले उद्योग नै दर्ता गर्न थालेका छन्। उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि चैत मसान्तसम्ममा १० कन्स्ट्रक्सन उद्योग दर्ता भएका छन्।

images
images
images

विदेशी तथा नेपाली लगानीसहित १० वटा उद्योग दर्ता भएको विभागले जनाएको छ। सबैभन्दा बढी उद्योग काठमाडौंमा कार्यालय रहने गरी दर्ता भएका छन्। 

images
images

विभाग अनुसार दर्ता भएका १० वटा उद्योगले ३ अर्ब ३८ करोड रुपैयाँको लगानी प्रतिबद्धतासमेत गरेका छन्। विभागका अनुसार भवन विल्डिङदेखि सबैखालका निर्माणको काममा लागि भन्दै उद्योग दर्ता भएका छन्।

images
images

५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धतासहित चितवनमा कार्यालयर रहने गरी टीपीईएस कन्स्ट्रक्सन उद्योग दर्ता भएको विभागले जनाएको छ। उद्योगमा ५८ जनाले रोजगारी समेत पाउने दर्ता विवरणमा उल्लेख छ।

८० प्रतिशत विदेशी तथा २० प्रतिशत स्वदेशी लगानी रहेको युनाइटेड मोर्डन कन्स्ट्रक्सन उद्योग पनि दर्ता भएको छ। काठमाडौंमा कार्यालय रहने गरी दर्ता भएको उद्योगमा २० करोडको लगानी रहने छ भने २१ जनाले रोजगारी पाउने उल्लेख छ। 

६ करोड रुपैयाँको विदेशी तथा स्वदेश लगानी भएको इन्टरनेश्नल क्रिएसन कन्स्ट्रक्सन एण्ड इन्जिनिइरिङ उद्योग पनि दर्ता भएको छ। रुपन्देहीमा कार्यालय रहने उद्योगमा २१ जनाले रोजगारी पाउने उल्लेख छ।

१ अर्ब २० करोड रुपैयाँको लगानी प्रतिबद्धता सहित ललितपुरमा कार्यालय रहनेगरी सतप्रतिशत नेपाली लगानी रहेको सीएबी कन्स्ट्रक्सन उद्योग दर्ता भएको विभागले जनाएको छ।

२७ करोड ६० लाख रुपैयाँको लगानीमा नेपाल पूर्वाधार निर्माण कम्पनीसमेत उद्योग विभागमा दर्ता भएको छ। सतप्रतिशत नेपाली लगानी रहेको कम्पनीको कार्यालय काठमाडौंमा रहने र १ सय २१ जनालाई रोजगारी दिने गरी उद्योग दर्ता भएको छ।

यसैगरी ५ करोडको लगानी प्रतिबद्धतासहित नेपाल इन्टरनेशनल हुवे वाटर रिसोर्ट एण्ड हाइड्रोपावर कन्स्ट्रक्सन उद्योग र ७ करोड रुपैयाँको विदेशी लगानी रहेको वाइनडोंग ग्लोरी कन्स्ट्रक्सन उद्योग पनि दर्ता भएको विभागले जनाएको छ।

६८ करोड रुपैयाँ विदेशी लगानी रहेको चाईना सिचुवान स्यावयान कन्स्ट्रक्सन नेपाल इन्जिनियरिङ, ७५ करोड रुपैयाँ विदेशी लगानी सहितको फेवा कन्स्ट्रक्सन र ५ करोडको रुपैयाँको विदेशी लगानीमा नेपाल सिचुवान जुन्झु कन्स्ट्रक्सन उद्योग दर्ता भएको विभागले जनाएको छ।


प्रकाशित : शनिबार, वैशाख १७ २०७९१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend