बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली कामदारका लागि थपियो नयाँ गन्तव्य सर्विया, कति हुन्छ कमाइ?

शनिबार, वैशाख १७ २०७९
नेपाली कामदारका लागि थपियो नयाँ गन्तव्य सर्विया, कति हुन्छ कमाइ?

काठमाडौं- वैदेशिक रोजगारीका लागि नेपालबाट विदेश जाने कामदारका लागि नयाँ गन्तव्य थप भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा नयाँ गन्तव्य राष्ट्र सर्विया थप भएको हो।

केही दिनअगाडि बसेको मन्त्रिपरिषदको वैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ को उपदफा ३ बमोजिम मित्रराष्ट्र सर्वियामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो।

योसँगै नेपालबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर नेपाली कामदार संस्थागत तथा व्यक्तिगत रुपमा १११ देश जान पाउने छन्। तर १११ देशमा अफगानस्तिान, लिबिया र इराक भने अहिले प्रतिबन्धित देश अन्तर्गत पर्छन्।

अब सर्वियासहित १ सय ८ देशमा नेपाली कामदार रोजगारीका लागि जान पाउने छन्। सर्विया नेपाली कामदारका लागि मलेसियालगायत खाडीको देशभन्दा राम्रो गन्तव्य हो। सर्वियामा विल्डिङ कन्स्ट्रक्सनदेखि इनहाउससम्मको रोजगारीको अवसर रहेको म्यानपावर व्यवसायीहरु बताउँछन्।

नेपालबाट अदक्ष, अर्धदक्ष तथा दक्ष ३ प्रकारका श्रमिकले सर्वियामा रोजगारीको अवसर पाउने व्यवसायीहरुको भनाइ छ। सर्वियामा सबैभन्दा कम तलब पाउनेले पनि न्यूनतम ३ सय ५० देखि अधिकतम १ हजार ३ सय युरोसम्म पाउने छन्। कम तलब पाउनेले पनि न्यूनतमा ४५ हजार रुपैयाँसम्म तलब पाउने छन्। यसैगरी बढी पाउनले त १ लाख ५० हजार रुपैयाँसम्म कमाउने व्यवसायीको भनाइ छ।


प्रकाशित : शनिबार, वैशाख १७ २०७९१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend