बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

शनिबार, वैशाख १७ २०७९
मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

काठमाडौं- नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ। मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन।

भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिंगेट पु¥याउन प्रस्ताव गरेका थिए। सो क्रममा उहाँहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।


प्रकाशित : शनिबार, वैशाख १७ २०७९०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend