बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साहस ऊर्जाको ७० करोडको आईपीओ बुधबारदेखि

मंगलबार, असोज ५ २०७८
साहस ऊर्जाको ७० करोडको आईपीओ बुधबारदेखि

साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न लागेको हो।

काठमाडौं- साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने प्रारम्भिक सेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन्। 

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु  १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ। 
 
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन्। साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ।

कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब पचास करोड रुपैयाँको प्रतिसेयर एक सय रुपैयाँ अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता सेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो। सोअनुसार प्रतिसेयर एक सय रुपैयाँ अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण सेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ।


प्रकाशित : मंगलबार, असोज ५ २०७८१०:५८
  • सम्बन्धित विषय:

  • # सेयर
  • # आईपीओ


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend