बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२ अर्ब ३४ करोडको लगानीमा ३ इनर्जी ड्रिक्स उद्योग खुल्दै

बुधबार, वैशाख १४ २०७९
२ अर्ब ३४ करोडको लगानीमा ३ इनर्जी ड्रिक्स उद्योग खुल्दै

चालु आर्थिक वर्षको ९ महिनामै इनर्जी ड्रिक्स उद्योगमा मात्रै २ अर्ब ३४ करोडको लगानी प्रतिवद्धता सहित ३ वटा उद्योग दर्ता भएको छ।

काठमाडौं- २०७६ असारमा तत्कालिन सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। सरकारी निर्णयलाई निजी क्षेत्रबाट पनि सहयोग भयो। व्यवसायीले पनि सरकारी निर्णयलाई स्वागत योग्य नै भएको बताएका थिए।

निकासी तथा पैठारी सूचीमा हेरफेर गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय(जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णय अहिले पनि कार्यान्वयनमै छ। तर विदेशी ब्रान्डको इनर्जी ड्रिंक्सको जस्तै नाम राखेर उत्पादन गर्ने प्रवृति भने देखिएको थियो। यदाकदा अहिले पनि त्यस्तो उत्पादन बजारमा फेला भने पर्छ।

सरकारको उक्त निर्णयका नेपालमा इनर्जी ड्रिंक्समा लगानी विस्तार हुने बाटो भने खुलेका छ। अहिले नेपाली बजार दर्जन जति ब्रान्डमा नेपाली उद्योगबाट नै उत्पादन भएको इनर्जी ड्रिंक्स पाइन्छ। जसका कारण इनर्जी ड्रिंक्सको आयातमा बाहिरिदै आएको अर्बौं रकमसमेत जागिएको छ। साथै नेपालमा इनर्जी ड्रिंक्स उद्योगमा धमाधम लगानी आउन थालेको छ।

चालु आर्थिक वर्षको ९ महिनामै इनर्जी ड्रिक्स उद्योगमा मात्रै २ अर्ब ३४ करोडको लगानी प्रतिवद्धता सहित ३ वटा उद्योग दर्ता भएको छ। जसमा धादिङको धुनिबेसीमा दुई अर्ब रुपैयाँ लगानीमा इनर्जी ड्रिङक्स उद्योग खुल्ने भएको छ। विभिन्न किसिमका पेय पदार्थ उत्पादन गर्ने गरि सरस बेभरेज प्रालि उद्योग विभागमा दर्ता भएको हो।

वार्षिक ३० हजार केएल इनर्जी ड्रिङक्स (अलकोहल रहित) उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। साथै यो उद्योगले इनजी ड्रिंक्स बाहेक वार्षिक १० हजार केएल फ्रुटी र २० हजार केएल सफ्ट ड्रिङक्स उत्पादन गर्ने जनाएको छ। सो उद्योगमा लगानी २ अर्ब रुपैयाँ लगानी गरि ठूला उद्योगको रुपमा दर्ता भएको हो। 

सरस बेभरेजले स्थापना गर्ने उद्योगमा १ सय ८० जनालाई रोजगारी दिइने छ। यो उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी चालु आर्थिकक वर्षमै मोरङमा १७ करोड रुपैयाँको लागनीमा इनर्जी ड्रिंक्स उत्पादन गर्ने गरी सुर्य मारुती वेभरेजेज उद्योग दर्ता भएको छ। वार्षिक ४ हजार केएल इनर्जी ड्रिंक्स उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। साथै यो उद्योगले  १ हजार केएल फ्रुटी, १ हजार सफ्ट ड्रिंक्स उत्पादन गर्ने दर्ता  विवरणमा उल्लेख छ। सानो प्रकृतिको उद्योगमा सत प्रतिशत नेपाली लागनी रहेको छ भने ४६ जनाले रोजगारी पाउनेछ।

यसैगरी चालु आर्थिक वर्षमा इनर्जी ड्रिंक्स उत्पादनका लागि भन्दै सुभिक्स इण्डष्ट्रिज उद्योग दर्ता भएको छ। १७ करोड रुपैयाँ लगनीमा धनुषामा इनर्जी ड्रिंक्स उत्पादन गर्ने गरी उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ।

वार्षिक २ हजार ८ सय ८० केएल इनर्जी ड्रिंक्स उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो। साथै उद्योगबाट ५ सय ७६ केयल सफ्ट ड्रिंक्स र ५ सय ७६ केएल नै सोडा उत्पादन हुने दर्ता विवरणमा उल्लेख छ र शतप्रतिशत नेपाली लगानी रहने उद्योगमा २४ जनाले रोजगारी समेत पाउने छन्।


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend