बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

आजदेखि उपत्यकाको घरघरमा मेलम्चीको पानी, कुन कुन क्षेत्रमा आउँदैछ?

अन्ततः स्थानीय चुनाव अगाडि नै पानी

images
शनिबार, वैशाख १० २०७९
images
आजदेखि उपत्यकाको घरघरमा मेलम्चीको पानी, कुन कुन क्षेत्रमा आउँदैछ?

चैत मसान्तभित्र उपत्यकाबासीलाई पुनः मेलम्ची खानेपानी वितरण गरिने सरकारी घोषणा भएपनि बैशाखको दास्रो सातामा पानी वितरण हुन लागेको हो।

images
images

काठमाडौं- अन्ततः स्थानीय चुनाव अगाडि नै सरकारले मेलम्चीको पानी उपत्यकाबासीलाई वितरण गर्ने भएको छ। उपत्यकाबासीले आज (आइतबार)देखि मेलम्चीको पानी पाउने भएका छन्। गत असार १ गते आएको बाढीका कारण रोकिएको पानी वितरण आइतबार बिहान १० बजेदेखि पुनः सुरु हुने भएको हो।  

images
images
images

चैत मसान्तभित्र उपत्यकाबासीलाई पुनः मेलम्ची खानेपानी वितरण गरिने सरकारी घोषणा भएपनि बैशाखको दास्रो सातामा पानी वितरण हुन लागेको हो। ‘भोली बिहानदेखि उत्यकाका अधिकांश क्षेत्रका बासिन्दाले मेलम्चीको पानी खान पाउने छन्,’ खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले भने।

images
images

मर्मतपछी पुनः वितरण गर्न सफल भएकोसमेत आचार्यले बताए। मेलम्ची खानेपानी आयोजनाले मिनभवनमा रहेको १ नम्बर ट्यांकीबाट वितरण सुरु गर्ने तयारी रहेको समेत आचार्यले बताए। पानी वितरणको व्यवस्थापन भने काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले गर्ने छ।

images
images

मिनभवनबाट सुरु भएसँगै कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भु, बालाजु, नयाँ बजार, कालीमाटी, अनमानगर, महाराजगन्जलगायत क्षेत्रमा आइतबारदेखि नै वितरण सुरु गरिनेछ। गत वर्ष नै परीक्षण भइसकेको ४१० किलोमिटर पानीको वितरण प्रणालीमा मेलम्चीको पानी पठाइने आचार्यले बताए। 

पानीको पाइप फुट्न सक्ने भन्दै प्रहरी सहितको र्‍यापिड टोलीसमेत खटाइएको उनले जानकारी दिए। आउने मनसुनसम्म मेलम्चीको पानी दैनिक १७ करोड लिटर उपत्यकामा आउने छ। मेलम्चीको पाइन ११ सय किलोमिटर विस्तार गर्ने लक्ष्य भएकोले बाँकी विस्तार नभएसम्मका लागि पुरानै वितरण प्रणालीमार्फत पानी पठाइनेसमेत सचिव आचार्यले बताए। २७ किलोमिटर लामो सुरूङ भरिएपछि सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी आएको र त्यसपछि काठमाडौं उपत्यकामा थोक वितरण सम्भव भएको हो। 

दशकौंपछिको प्रयासबाट ३० अर्ब रुपैयाँ खर्चिएपछि २०७७ चैत १५ गते परीक्षणको रूपमा उपत्यकामा मेलम्चीको पानी ल्याई सोही महिनाको २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक रूपमा पानी वितरण सुरू गरिएको थियो। जेठ मसान्तसम्म परीक्षणको रूपमा भए पनि काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण भएको थियो। तर, २०७८ असारमा सुरूङको परीक्षणकै क्रममा मेलम्चीमा आएको बाढीका कारण पुनः आयोजना प्रभावित भएको थियो। असार र साउनमा गरी २ पटक आएको बाढी तथा पहिरोका कारण आयोजना स्थलमै प्रभाव परेको थियो। 


प्रकाशित : शनिबार, वैशाख १० २०७९२३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend