बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

९ महिनामा २८ अर्बभन्दा बढीको सुन आयात

images
शनिबार, वैशाख १० २०७९
images
९ महिनामा २८ अर्बभन्दा बढीको सुन आयात

सुनको आयातबाट सरकारले ३ अर्ब ४८ करोड ३ लाख ३० हजार बराबरको राजस्व संकलन गरेको छ।

images
images

काठमाडाैं- चालु आर्थिक वर्षको ९ महिनामा सुन आयातका लागि २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को ९ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो।

images
images
images

तथ्यांकअनुसार ९ महिनाको अवधिमा मुलुकमा ४ हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ। सुनको आयातबाट सरकारले ३ अर्ब ४८ करोड ३ लाख ३० हजार बराबरको राजस्व संकलन गरेको छ।

images
images

सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ। चालु आवको पहिलो ९ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्यांक छ।

images
images

युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि २२ अर्ब ६२ करोड २ लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले २ अर्ब ७४ करोड ८० लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। युएईपछि टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ।

केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ। विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ।

अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको ९ महिनाको सुनको आयात भने बढेको देखिन्छ। गत आवको चैत मसान्तसम्म २ हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर ४ हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ। रासस


प्रकाशित : शनिबार, वैशाख १० २०७९११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend