शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

भन्सार छलेर ल्याउँदै गरेको २४ बोरा चिनी बरामद

शनिबार, वैशाख १० २०७९
भन्सार छलेर ल्याउँदै गरेको २४ बोरा चिनी बरामद

नेपालगञ्ज- भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ ।  सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।  

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ। प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो। रासस


प्रकाशित : शनिबार, वैशाख १० २०७९०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend