बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लयमा फर्कियो वैदेशिक रोजगारी, ९ महिनामै बाहिरिए ४ लाख ६० हजार 

शुक्रबार, वैशाख ९ २०७९
लयमा फर्कियो वैदेशिक रोजगारी, ९ महिनामै बाहिरिए ४ लाख ६० हजार 
फाइल तस्बिर

जसमा नयाँ कामको लागि संस्थागत तर्फ (म्यानपावर मार्फत) अन्मित श्रम स्वीकृत लिँदै वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या २ लाख ३१ हजार २ सय ७८ जना रहेका छ।

काठमाडौं- कोभिडका कारण ठप्पजस्तै भएको वैदेशिक रोजगारीको क्षेत्र कोभिड अगाडिकै अवस्थामा फर्किएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि ९ महिनामै वैदेशिक रोजगारीका लागि नेपालबाट ४ लाख ६० हजार ४ सय ८६ युवाले अन्तिम श्रम स्वीकृत लिँदै रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन्।

जसमा नयाँ कामको लागि संस्थागत तर्फ (म्यानपावर मार्फत) अन्मित श्रम स्वीकृत लिँदै वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या २ लाख ३१ हजार २ सय ७८ जना रहेका छ।

यसैगरी विदामा नेपाल आइ पुनः वैदेशिक रोजगारीका लागि विदेश फर्कने युवाको संख्या २ लाख ६ हजार ६ सय २९ रहेको छ।

यसबाहेक २२ हजार ५ सय ७९ जना भने व्यक्तिगत नयाँ तथा व्यक्तिगत वैधानीकरण प्रक्रिया मार्फत वैदेशिक रोजगारीकाक लागि विदेश पलालयन भएका छन्।

कुन महिना कति?

विभागका अनुसार चैत महिनामा ५५ हजार ५ सय २३ युवा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश पुगको छन्। 

यसैगरी फागुनमा ५३ हजार ४ सय ५७, माघमा  ५४ हजार ४ सय ७०, पुसमा ६६ हजार ६ सय २५ र मंसिरमा सबैभन्दा बढी ७४ हजार ३ सय ५४ जना युवा वैदेशिक रोजगारीका लागि विदेश गएका छन्।

data.JPG

यसैगरी कात्तिकमा ५४ हजार ९ सय १८, असोजमा ३९ हजार ६ सय ७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार ४ सय २८ जना युवा वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन्।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend