शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

१० करोडको लगानीमा चितवनमा वाइन उद्योग

शनिबार, वैशाख १० २०७९
१० करोडको लगानीमा चितवनमा वाइन उद्योग

वार्षिक १ हजार केएल फलफूलमा आधारित वाइन र ८ सय केएल फलफूलमा आधारित साइडर उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो।

काठमाडौं- चितवनमा १० करोडको लगानीमा वाइन उद्योग स्थापना हुने भएको छ। वाइन उद्योग स्थापनका लागि उद्योग विभागमा दर्ता समेत भएको छ।

१० करोडको लगानीमा चितवनको इच्छामनाकामना गाउँपालिकामा वाइन उद्योग स्थापना गर्ने गरी उद्याग दर्ता भएको उद्योग विभागले जनाएको छ।

वार्षिक १ हजार केएल फलफूलमा आधारित वाइन र ८ सय केएल फलफूलमा आधारित साइडर उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो।

उद्योगमा २५ जनाले रोजगारी पाउने उद्योग दर्ता विवरणमा उल्लेख छ। उद्योगमा शतप्रतिशत नेपाली लगानी रहने र सानो प्रकृतिको उद्योग हुनेछ।

साथै केही महिना अगाडि पनि मकवानपुरको थाहा नगरपालिकामा पनि वाइन उत्पादन गर्ने उद्योग दर्ता भएको थियो। वार्षिक २ लाख २५ हजार लिटर वाइन उत्पादन गर्ने गरी वाइन उद्योग दर्ता भएको थियो।

उद्योग विभागका अनुसार वाइन उत्पादनका लागि सीसी वाइनरी उद्योग दर्ता भएको थियो। उद्योग सञ्चालनमा आएसँगै ४० जनाले  रोजगारी पाउने र  उत्पादनमुलक उद्योगले २५० केभीए विद्युत खपत समेत गर्ने दर्ता विवरणमा उल्लेख छ।


प्रकाशित : शनिबार, वैशाख १० २०७९०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend