बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इजरायल जान भाषा पास गरेका १८६ जनाको उचाइ र तौल पुगेन 

मंगलबार, असोज ५ २०७८
इजरायल जान भाषा पास गरेका १८६ जनाको उचाइ र तौल पुगेन 

रोजगारीका लागि इजरायल जान अंग्रेजी भाषामा उत्तिर्ण भएका १८६ जना उचाइ र तौल नपुगेर फालिएका छन्। 

काठमाडौं- रोजगारीका लागि इजरायल जान अंग्रेजी भाषामा उत्तिर्ण भएका १८६ जना उचाइ र तौल नपुगेर फालिएका छन्। 

लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका थिए। तीमध्ये १८६ जनाको उचाइ र तौल नपुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

भदौ २८ गते लिखित परीक्षाको नतिजा सार्वजनिक भएको थियो। जसमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष उत्तिर्ण भएका थिए। उनीहरूको असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौल परीक्षण भएको हो। इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ।

उचाइ र तौल परीक्षणमा उत्तीर्ण भएकाहरूको सोमबारदेखि अन्तार्वार्ता भइरहेको छ। व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा आगामी शनिबारसम्म अन्तर्वार्ता हुनेछ। 

अन्तर्वार्तापछि १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउने वैदेशिक रोजगार विभागले जनाएको छ। 

त्यसपछि दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने छ। 

इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ।

इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ। केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। उनीहरूले त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन्। 

इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ अथवा १६ सय अमेरिकन डलर मासिक कमाइ हुनेछ।


प्रकाशित : मंगलबार, असोज ५ २०७८०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend