बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

प्रभु बैंकको नाफा ओरालोतर्फ, प्रतिसेयर आम्दानी समेत घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
images
प्रभु बैंकको नाफा ओरालोतर्फ, प्रतिसेयर आम्दानी समेत घट्यो

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

images
images

काठमाडौं- प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

images
images
images

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images


खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ।

images
images

पछिल्लो ९ महिनामा बैंकको चुक्तापुँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ८.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.३१ प्रतिशत बढेको छ भने कर्जा ६.३६ प्रतिशत बढेको छ।


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०१:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend