शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

मंगलबार, असोज ५ २०७८
सुनको मूल्य तोलामा ३ सयले बढ्यो

सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ८९ हजार २ सय रुपैयाँ तोकिएको छ। 

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ८९ हजार २ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ४० रुपैयाँ तोकिएको छ।

सोमबार चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज ५ २०७८०५:५९
  • सम्बन्धित विषय:

  • # छापावाल सुन
  • # सुनकाे मूल्य


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend