बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन

शनिबार, वैशाख ३ २०७९
देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन

काठमाडौं-  नेपला नागरिक उड्डयन प्राधिकरणले देशभरमा आन्तरिक विमानस्थलमा रहेका दशक पुराना टर्मिनल भवन  मर्मत तथा नयाँ निर्माण गर्ने भएको छ।

प्राधिकरणले  विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ।  प्राधिकरण महानिर्देशक प्रदिप अधिकारीले ७० वर्षभन्दा बढी पुराना देशभरका टर्मिनल भवन भत्काएर दुई वर्षभित्र नयाँ अत्याधुनिक भवन बनाइने बताए।

 उनले ‘तराई क्षेत्रका विमानस्थलमा बनाइएका टर्मिनल भवन ७० देखि ७५ वर्ष पुराना भइसके मर्मत गरेर चलाउन सम्भव छैन। पानी चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौँ।’


प्रकाशित : शनिबार, वैशाख ३ २०७९०६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend