शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

मंगलबार, चैत २९ २०७८
महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशक पदमा नियुक्त गरिएको छ। महासंघको चैत्र २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले उनलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका महानिर्देशक अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन्।  

अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार महानिर्देशक अवस्थी यस अघि नेपाल आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादक थिए। करिब दुई दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेका महानिर्देशक अवस्थीसँग संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभव समेत छ।

नवनियुक्त महानिर्देशक अवस्थीसँग उद्योग, वाणिज्य सहित समग्र निजी क्षेत्रका विषयमा पनि निकै राम्रो अनुुभव रहेको छ। महानिर्देशक अवस्थीको यो अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रकातर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघको छ। 


प्रकाशित : मंगलबार, चैत २९ २०७८१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend