शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्कोडा कुशक : कारको दुनियाँमा नयाँ 'स्टायल'

बुधबार, असोज ६ २०७८
स्कोडा कुशक : कारको दुनियाँमा नयाँ 'स्टायल'

युरोपियन प्रविधिमा भारतमा निर्मित कुसक प्रदूषण र सुरक्षाको लागि लागु भएको  पछिल्लो मापदण्ड (बीएस ६/ युरो ६) मा आधारित रही बनेको छ।

काठमाडाै‌- निजी चारपांग्रे सवारीसाधन सहरिया जीवनयापनमा एक अत्यावश्यक वस्तु हो र पनि नेपालमा अझै यसलाई बिलासिता र प्रतिष्ठाको रुपमा हेरिन्छ। नयाँ सवारीसाधन रोज्दा नेपाली सडक सुहाउँदो, प्रतिस्पर्धी मूल्य, आरामदायी आन्तरिक बनावट, लेटेस्ट सुरक्षा मापदण्ड र सुविधा भएको सवारी हेर्नुपर्छ।

एसयूभी गाडीमा यी सबै सुविधाहरू पाइने हुनाले हाल नेपाली बजारमा यसको माग बढी छ। यहीबीच अघिल्लो महिना नेपाली बजारमा भित्रिएको स्कोडा कुशक एसयूभीले पनि आफ्नो बजार उपस्थिति आक्रामक रुपले बढाउँदै छ।

युरोपियन प्रविधिमा भारतमा निर्मित कुशक प्रदूषण र सुरक्षाको लागि लागु भएको पछिल्लो मापदण्ड (बीएस ६/ युरो ६) मा आधारित रही बनेको छ।

kushaq 1.jpeg

कुशक डिजाइन र प्रविधिको एक अनुपम समिश्रण भएको लक्जरी गाडी हो। क्रोम हाइलाइट सहितको स्कोडा सिगनेचर ग्रिल, डिजाइनर फ्रन्ट बम्पर र सिल्वर डिफ्युजरले गाडी लाई स्पोर्टी लुक्स दिनुको साथै शक्तिशाली र सुरक्षित बनाएको छ।

सिल्वर कलर अलोय व्हील र उही कलरको रूफ रेलले गाडीलाई एग्ग्रेसिव लुक्स प्रदान गरेको छ। यस गाडीमा सार्क फिन एन्टेनाको साथै सनरूफ पनि प्रदान गरिएको  छ। हेड, टेल, डीआरएल  र फग ल्याम्पको डिजाइन र यसमा प्रयोग भएको एलईडी प्रविधिले गाडी नै अझै आकर्षक देखिएको छ।

kushaq.jpeg

जसै तपाईं यो गाडीभित्र प्रवेश गर्नुहुन्छ तपाईं एक प्रकारको आरामको अनुभूति मिल्नेछ। सफा र चिटिक्क परेको ड्यासबोर्ड, चालकको आँखा सजिलै पर्ने गरि राखिएको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, क्रोम फिनिसिंग भएको एसी भेन्ट र स्टेरिंग कन्ट्रोल बटनहरु र मुड लाईटिंगले गाडीको विशाल इन्टेरिअर झन् मजबुत देखाउन मद्दत गरेको छ।

कुशकमा नयाँ डिजाइनको २ स्पोक भएको स्टेरिंग ह्वील प्रदान गरिएको छ र यसमा दिइएको बटनहरु प्रयोग गरेर रेडियो, फोन, र म्युजिकलाई सजिलै कन्ट्रोल गर्न सकिन्छ। स्टेरिंग व्हील पछाडि   दिइएको मल्टिफंक्सन स्मार्ट डिस्प्ले इन्स्ट्रुमेन्ट क्लस्टरले पनि गाडीको डिजाइन नै परिस्कृत गरेको छ।

कुशकको पर्फर्मेन्सको कुरा गर्दा, यसमा १.० लिटर टीएसआइको आधुनिक र कुशल इन्जिन प्रदान गरिएको छ। यस इन्जिनले ८५ किलोवाट पावर र १७८ न्युटन मिटर टर्क प्रदान गर्दछ। जुन यो क्लासको गाडी मध्ये शक्तिशाली पनि हो। यस इन्जिनमा दुवै अटोमटिक र मनुअल गेयर बक्सको अप्सन उपलब्दमा उपलब्ध छ। 

अब कुशकमा प्रदान गरिएको सुरक्षा सुविधाको बारे चर्चा गरौ। नयाँ स्कोडा कुशकमा सबै प्यासेन्जरको सुरक्षालाई मध्यनजर गर्दै ६ एअरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल तथा अन्य सुरक्षा प्रविधिहरुको प्रयोग गरिएको छ।

अगाडि स्टेरिङ ह्वीलमा चालकको लागि र ड्यास बोर्डमा फ्रन्ट सिट प्यासेन्जरका लागि २ एअरब्याग राखिएके छ। त्यसैगरि पछिल्लो सिटका प्यासेन्जरका लागि ४ एअरब्याग गाडीको झ्याल छेउमा दियिएको छ जसले प्यासेन्जर र चालकलाई गाडी जता बाट ठोक्किदा पनि बचाउँछ।

यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ। साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लू जस्ता ब्रेकिङ फिचर यसमा छन्।

अगाडी सिटमा चाइल्ड सिट फिक्स गर्नका लागि ड्यास बोर्डमा रहेको एअरब्याग डिएक्टिभेट गर्ने सुविधा पनि प्रदान गरिएको छ। अन्य सुरक्षा सुविधामा एन्टी लक ब्रेकिङ सिस्टम, ट्रयाकसन कन्ट्रोल सिस्टम, रोल ओवर प्रोटेक्सन आदि दिइएको छ।  

kushaq 3.jpeg

टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यसमा दिइएको कनेक्ट एप्सहरुको मद्दतले तपोईको यात्रालाई संगितमय र आरामदायी बनाउन  मद्दत गर्छ।  यसमा दिइएको अफलाईन नेभिगेशन सिस्टमको मद्दतले हराएको बाटो भेट्न सहयोग पुग्छ।

गाडीमा पर्याप्त मात्रमा सामान राख्ने ठाउँ दिइएको छ। आफ्नो कागजपत्र, फोन, चस्मा, पानीको बोतल आदिलाई सुरक्षित तरिकाले राख्न सकिने छ। गाडीमा आरामदायी सिटहरु र पर्याप्त बुट स्पेस प्रदान गरिएको छ। जसले लामो यात्रालाई पनि सजिलो र आरामदायी बनाउन मद्दत पुग्छ। 

नयाँ कुशाक ४२ सय २५ एमएम लामो, १७ सय ६० एमएम चौडा र १६ सय १२ एमएम अग्लो छ। यसको ह्विलबेस २६ सय ५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १ सय ८८ एमएम रहेको छ।

यो गाडी रातो, सेतो, सुन्तला, कार्बन र सिल्वर गरि ५ रंगमा उपलब्ध। नेपालमा यस गाडीको बिक्रि एमएडब्लुले बिक्री गर्दै आएको छ।

यसको सुरुवाती मूल्य ४९ लाख ९० हजार  रुपैयाँ तोकिएको छ। एमएडब्लूले साउन अन्तिम साता एकै दिन ७५ वटा कुसाक डेलिभरी गरेको थियो। स्कोडा कुसाक हालसम्म २ सय भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ।

भेरियन्ट

मूल्य

एक्टिभ एमटी

४९,९०,०००

एम्बिसन एमटी

५४,४०,०००

एम्बिसन एटी

५९,९०,०००

स्टाइल एमटी

६१,९०,०००

स्टाइल एटी

६६,९०,०००

 


प्रकाशित : बुधबार, असोज ६ २०७८०८:४५
  • सम्बन्धित विषय:

  • # एमएडब्लू
  • # स्काेडा
  • # स्काेडा कुसाक


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend