शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २८ २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एकजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली छिन्।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो।

नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो। उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत २८ २०७८०८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend